सातौं दिनका खेलहरुबाट बसन्तपुर युनाइटेड , युनाइटेड क्लब बिरञ्ची र माडी– ५ क बिजयी

150
SwadeshPost

साइड नेपालद्वारा आयोजित तेश्रो दशैं कप नकआउट फुटबल प्रतियोगिता–२०७५ को सातौं दिनका खेलहरुबाट बिहीबार बसन्तपुर युनाइटेड क्लब, युनाइटेड क्लब बिरञ्ची र माडी नगरपालिका वडा नं. ५ क बिजयी भएका छन् ।

बिहीबार सम्पन्न पहिलो खेलमा बसन्तपुर युनाइटेड क्लब ए र बर्डस नेपाल बघौंडा भिँडेकोमा १–० गोलअन्तरसहित बसन्तपुर युनाइटेड क्लब बिजयी भएको छ । सो खेलको म्यान अफ द म्याच बसन्तपुर युनाइटेडका सुरज अधिकारी घोषित हुनुभयो । दोश्रो खेल ए.एफ.सी. अयोध्यापुरी र युनाइटेड क्लब बिरञ्चीबिच भएकोमा २–० गोलअन्तरसहित युनाइटेड क्लब बिरञ्ची बिजयी भएको हो । सो खेलको म्यान अफ द म्याच युनाइटेड क्लब बिरञ्चीका गोलरक्षक सञ्जीव न्यौपाने घोषित हुनुभयो । त्यसैगरी तेश्रो खेल माडी नगरपालिका वडा नं. ५ को ए टीम र ग्रिनल्याण्ड युवा क्लब, कृष्णनगरबिच भएकोमा २–१ गोलअन्तरसहित माडी नगरपालिका वडा नं. ५ को ए टीम बिजयी भएको हो । सो खेलको म्यान अफ द म्याच माडी नगरपालिका वडा नं. ५ टीमका अमृत गुरुङ घोषित हुनुभयो ।

प्रतियोगिताको आठौं दिन अाज (शुक्रबार) दुईवटा खेलहरु हुनेछन् । पहिलो खेल दिउँसो १ बजे ध्रुबतारा युवा क्लब रामराज्यपुर र बसन्तपुर युनाइटेड क्लब बी बसन्तपुर तथा दोश्रो खेल दिउँसो ३ बजे साइड नेपाल बसन्तपुर बी र ज्ञानज्योति युवा क्लब भैरवपुरबिच हुने कार्यतालिका रहेको छ । जारी दशैं कपको विजेताले ८० हजार रुपैंयाका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी दोस्रो हुने समूहले नगद ४० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको अफिसियल मिडिया स्वदेश एफ.एम. रहेको छ ।

SwadeshPost