माडीमा स्थानीय विपद् जोखिम व्यवस्थापन लगायत योजना निर्माणको नगरस्तरीय समिति गठन

403
SwadeshPost

माडी नगरस्तरीय विपद व्यवस्थापन समितिको बैठकबाट स्थानीय विपद् जोखिम व्यवस्थापन तथा जलवायु अनुकुलन योजना निर्माणको नगरस्तरीय समिति गठन गरिएको छ । नवगठित समितिले माडीमा सरसफाइ कार्यलाई व्यवस्थापन गर्नका लागि माडीका ९ वटै वडाहरुमा रहेका टोलसुधार समितिहरुलाई सक्रिय बनाई टोलसुधार समितिहरु अद्यावधिक गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी माडीका ९ वटै वडाहरुमा विपद् व्यवस्थापन समिति गठन गर्ने र विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७५ को विधान मस्यौदा गरी कार्यपालिकासमक्ष निर्णयार्थ पठाउने समेत निर्णय गरिएको समितिका सदस्य सचिव सन्तोष सुवेदीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

बैठकमा विपद जोखिम व्यवस्थापनको क्षेत्रमा क्रियाशील नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आर.आर.एन.) का परियोजना संयोजक रबिन्द्र सिंह ठकुरीले जारी आर्थिक वर्षमा उहाँ सम्बद्ध संस्थाले गरेका कामहरुबारे जानकारी गराउनुभएको थियो । माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न सो बैठकमा माडीका वडाध्यक्षहरु, सुरक्षा निकाय, स्थानीय गैरसरकारी संस्था, राजनैतिक दल, उद्योग वाणिज्य संघ लगायतका निकायहरुको उपस्थिति रहेको थियो ।

SwadeshPost