पारिजात सामुदायिक सिकाई केन्द्रद्वारा स्थापित पुस्तकालयको औपचारिक उद्घाटन

131
SwadeshPost

पारिजात सामुदायिक सिकाई केन्द्रद्वारा स्थापित पुस्तकालयको शुक्रबार औपचारिक उद्घाटन गरिएको छ । नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पर्दा अनावरण गरी सो पुस्तकालयको उद्घाटन गर्नुभएको हो । पुस्तकालयको उद्घाटन कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल, पूर्व शिक्षामन्त्री धनिराम पौडेल, बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेल, प्रदेशसभाका साँसद रामलाल महतो, माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल, नेकपाका जिल्लास्तरका नेताकार्यकर्ता तथा माडीका शिक्षाकर्मी र समाजसेवीहरुको उपस्थिति रहेको थियो । उद्घाटन लगत्तै नेता प्रकाशले पुस्तकालयको अवलोकन गर्नुभएको थियो । अवलोकनसंगै उहाँले आफूसंग भएका पुस्तकहरु पनि सो पुस्तकालयलाई हस्तान्तरण गर्ने जनाउनुभएको थियो ।

पारिजात सामुदायिक सिकाई केन्द्रले दिवाकर बालग्रामको सभाकक्षलाई भौतिक सुधार गरी पुस्तकालयको रुप दिएको हो । बि.सं. २०६७ मा स्थापित सो संस्थाले व्यवस्थित पुस्तकालय स्थापना गर्न लामो समयदेखि प्रयास गरिरहेको थियो । हालै माडी नगरपालिकाले आर्थिक सहयोग गरेसंगै पुस्तकालय स्थापना हुन सकेको हो

SwadeshPost