दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाद्वारा आयोजित शैक्षिक गोष्ठी शुक्रबार सम्पन्न

217
SwadeshPost

दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाद्वारा आयोजित माडी क्षेत्रका शैक्षिक इतिहास निर्माताहरुसँग संवाद, गुणस्तरीय शिक्षाको पहलका लागि नयाँ शुरुवात बिषयक शैक्षिक गोष्ठी शुक्रबार माडी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । गोष्ठीमा अयोजक विद्यालयका प्रधानाध्यापक ऋषिराम काफ्लेले विद्यालयको परिचयात्मक विवरण सहितको कार्ययोजना जानकारी गराउनुभएको थियो । त्यसैगरी भिमोदय माध्यमिक बिद्यालयका प्रधानाध्यापक हरिप्रसाद कँडलेले शैक्षिक गुणस्तरबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गोष्ठीकै अवसरमा, विद्यालयको स्थापनासंगै सञ्चालनको प्रकृयामा महत्वपूर्ण योगदान गर्नुभएका व्यक्तित्वहरु भुुवानीप्रसाद पौडेल, चन्द्रकान्त काफ्ले र बालगोपाल चुके तथा संस्थागत सहयोग गरेको दिवाकर बालग्रामलाई सम्मान गरिएको थियो ।

नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमनाथ पाण्डेको अध्यक्षतामा सम्पन्न भएको सो गोष्ठीमा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल, पूर्व शिक्षामन्त्री धनिराम पौडेल, बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेल, प्रदेशसभाका साँसद रामलाल महतो, माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल, नेकपाका जिल्लास्तरका नेताकार्यकर्ता तथा माडीका शिक्षाकर्मी र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

SwadeshPost