सोमेश्वर रेशम कृषक सहकारी संस्थाको १७ औं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न

385
SwadeshPost

माडी नगरपालिका–६, लक्ष्मीनिवासस्थित सोमेश्वर रेशम कृषक सहकारी संस्थाको १७ औं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशन लक्ष्मीनिवासमा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारणसभाबाट हर्क बहादुर चापागाईंको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । सहकारीका उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः प्रेम प्रसाद पौडेल, नवराज सुवेदी, र मोतिलाल अधिकारी तथा सदस्यहरुमा बासुदेव पाठक, टिकाराम आचार्य, धनकुमारी बरुवाल, भगवती घिमिरे, कालीप्रसाद प्रसाई, सरिता बरुवाल र मणिराम परियार चुनिनुभएको नवनिर्वाचित अध्यक्ष हर्क बहादुर चापागाईंले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

अधिवेशनबाट सहकारीकोे लेखा समिति संयोजकमा टिकाराम प्रसाई तथा सदस्यहरुमा टंकराज अधिकारी र नगेन्द्र पौडेल चयन हुनुभएको छ । यमनाथ पौडेलको अध्यक्षतामा सम्पन्न सो साधारणसभा तथा अधिवेशनको प्रमुख अतिथि माडी नगरपालिकाका सहकारी संयोजक ईश्वरी प्रसाद ढकाल तथा विशिष्ट अतिथि वडा नं. ६ का वडाध्यक्ष भरत बहादुर गुरुङ रहनुभएको थियो । त्यसैगरी कार्यक्रमका अतिथिहरुमा कार्यपालिका सदस्य कुमारी आचार्य र पूर्व गाविस अध्यक्ष प्रेमराज तिमिल्सिना रहनुभएको थियो ।

साधारणसभामा संस्थाको आर्थिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, बार्षिक प्रगति प्रतिवेदन र आगामी कार्ययोजना पारित गरिएको थियो भने उत्कृष्ट ऋणि र बचतकर्ता गरी १० जना सेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।

SwadeshPost