युवाशक्ति नेपाल, माडीद्वारा शुभकामना आदानप्रदान तथा व्यवसायिक ब्रोइलर कुखुरापालन तालिम सम्पन्न

372
SwadeshPost

दशैं, तिहार तथा छठको शुभ अवसरमा नयाँशक्ति पार्टी नेपाल, माडीको युवा सङ्गठन युवाशक्ति नेपाल, माडी नगरपालिकाको आयोजनामा शुभकामना आदानप्रदान तथा एकदिने व्यवसायिक ब्रोइलर कुखुरापालन तालिम शनिबार सम्पन्न भएको छ । समृद्धिका लागि युवा भन्ने मुल नाराका साथ सञ्चालन गरिएको उक्त कार्यक्रममा करीब ४० जना कुखुरापालक कृषकहरुलाई व्यवसायिक ब्रोइलर कुखुरापालन तालिम दिइएको थियो ।

शोभाकर सुवेदीको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा जगन्नाथ लामिछाने प्रमुख अतिथि रहनुभएको थियो । नेपाल किसान महासंघ, माडीका अध्यक्ष निलकण्ठ काफ्ले, किसान अगुवा चन्द्रप्रसाद सुवेदी लगायतको आतिथ्यता रहेको सो कार्यक्रममा युवाशक्ति सदस्य ज्ञानु आचार्य प्रमुख प्रशिक्षक रहनुभएको थियो । नयाँशक्ति माडीका संयोजक रमाकान्त सापकोटाले सञ्चालन गर्नुभएको सो कार्यक्रम माडी नगरपालिका – ७, देबेन्द्रपुर बजारमा सम्पन्न भएको हो ।

SwadeshPost