दशौं दिनका खेलहरुबाट जनआस्था युवा क्लब र स्टार स्पोर्टस् क्लब बरुवा बिजयी

331
SwadeshPost

साइड नेपालद्वारा आयोजित तेश्रो दशैं कप नकआउट फुटबल प्रतियोगिता–२०७५ को दशौं दिनका खेलहरुबाट आइतबार जनआस्था युवा क्लब बसन्तपुर र स्टार स्पोर्टस् क्लब बरुवा बिजयी भएका छन् । अाइतबार सम्पन्न पहिलो खेलमा बसन्तपुर युनाइटेड क्लब, माडी–३, बसन्तपुर बी र जनआस्था युवा क्लब, माडी–६, बसन्तपुर भिँडेकोमा १–० गोलअन्तरसहित जनआस्था युवा क्लब बिजयी भयो । सो खेलको म्यान अफ द म्याच जनआस्था युवा क्लबका रितेश क्षेत्री घोषित हुनुभयो । दोश्रो खेल स्टार स्पोर्टस् क्लब, बरुवाको ए टीम र ज्ञानज्योति युवा क्लब, भैरवपुरबिच भएकोमा ४–० गोलअन्तरसहित स्टार स्पोर्टस् क्लब, बरुवा बिजयी भएको छ । सो खेलको म्यान अफ द म्याच स्टार स्पोर्टस् क्लब, बरुवाका जमीर मियाँ घोषित हुनुभयो ।

सोमबार, प्रतियोगिताको एघारौं दिन वटा खेलहरु हुनेछन् । पहिलो खेल दिउँसो १ बजे स्टार स्पोर्टस क्लब ए र माडी नगरपालिका वडा नं. ५ बिच तथा दोश्रो खेल दिउँसो ३ बजे साइड नेपाल ए र जनआस्था युवा क्लबबिच सञ्चालन हुने कार्यतालिका रहेको छ । भोलिका विजेताहरु फाइनल प्रवेश गर्नेछन् । त्यसैबिच, साविक बघौंडा गाबिस र साविका कल्याणपुर गाबिसको भेट्रान टीमबिच मैत्रीपूर्ण खेल सञ्चालन हुने आयोजकले जनाएको छ । जारी दशैं कपको विजेताले ८० हजार रुपैंयाका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी दोस्रो हुने समूहले नगद ४० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको अफिसियल मिडिया स्वदेश एफ.एम. रहेको छ ।

SwadeshPost