माडीका समाजसेवी एवं शिक्षासेवी भुवानी प्रसाद पौडेललाई सम्मान गरिँदै

288
SwadeshPost

विजया दशमी, दीपावली र छठ पर्वको अवसरमा साेमवार माडीमा संयुक्त शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम हुन लागेको छ । बघौंडा मध्यवर्ती उपभोक्ता समिति, सोमेश्वर मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूह, माडी क्याम्पस र पिसल्याण्ड इङ्गलिस स्कूलको संयुक्त आयोजनामा सो कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा शुभकामना आदानप्रदानका साथै माडीका समाजसेवी एवं शिक्षासेवी तथा संरक्षणकर्मी भुवानी प्रसाद पौडेललाई सम्मान गरिन लागिएको छ । साविक बघौंडा गाउँ विकास समितिका अध्यक्ष रमेत रहीसक्नुभएका पौडेल बघौंडा मध्यवर्ती उपभोक्ता समितिका संस्थापक सदस्य, पिसल्याण्ड अंग्रेजी विद्यालयका संस्थापक तथा विभिन्न सामाजिक अभियानका सक्रिय अभियन्ता हुनुहुन्छ । हालै भारतको दिल्लीमा क्यान्सर रोगको उपचार गरी स्वदेश फर्किनुभएका पौडेललाई भोलि सामुहिक सम्मान कार्यक्रम गरिन लागिएको हो ।

यसैबिच, बघौंडा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा भोलि आर्थिक बर्ष २०७४ ७५ को सार्वजनिक सुनुवाई तथा जारी आर्थिक बर्ष २०७५ ७६ को योजना सार्वजनिकीकरण हुन लागको छ । बघौंडा मध्यवर्ती उपभोक्ता समितिको परिसरमा कार्यक्रम सञ्चालन गरिने समितिका कार्यालय प्रतिनिधी बलीराम महतोले जानकारी दिनुभयो ।

SwadeshPost