समाज सुधार युवा क्लब माडीद्वारा विविध साँस्कृतिक तथा खेलकुद कार्यक्रम सञ्चालन

149
SwadeshPost

बिजया दशमीको शुभ अवसरमा माडी ७ देबेन्द्रपुरको समाज सुधार युवा क्लबले विविध साँस्कृतिक तथा खेलकुद कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्तरगत सम्पन्न माडी स्तरीय खुल्ला नृत्य प्रतियोगितामा दिक्षा घिमिरे प्रथम हुन सफल हुनुभयो भने द्वितिय स्थान झरना श्रेष्ठले र तृतीय स्थान इशा क्षेत्रीले हाँसिल गर्नुभयो ।

वडा न ७ का वडाध्यक्ष बालकृष्ण सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा समाज सुधार युवा क्लबका अध्यक्ष कुलप्रसाद अधिकारी सभाध्यक्ष रहनुभएको थियो । दक्षिण कालिका राष्ट्रिय आधारभुत विद्यालय, दक्षिण देवेन्द्रपुरमा सञ्चालन भएको सो कार्यक्रमका सञ्चालन बिनोद पोख्रेलले गर्नुभएको थियो ।

कार्यक्रम अन्तरगत घैटो फुटाउने, डोरी तान्ने, महिला कुर्ची चाल लगायतका रमाइला खेलकूद कार्यक्रमहरु सम्पन्न भएका छन् भने भलिबल खेलमा खेलमा खरकट्टा र ब्रह्म्पुरी फाइनल प्रवेश गरेका छन् । खरकट्टाले आयोजक टिम ए लाई पराजित गरि फाइनल प्रवेश गरेको हो भने ब्रह्मपुरीले आयोजक टिम बि लाई पराजित गरेको थियो । फाइनल खेल मंगलबार बिहान ८ बजे सञ्चालन हुने जनाइएको छ । सो भलिबल प्रतियोगिताको प्रथम र दोश्रो पुरस्कार शिल्ड, मेडल र प्रमाणपत्रसहित क्रमशः रु. ५ हजार र ३ हजार रहेको छ ।

SwadeshPost