आज महाअष्टमी पूजाकोठा, दशैंघर लगायतमा वैदिक विधिर्पूवक घटस्थापना गरियाे

355
SwadeshPost

नेपालीहरुको महान पर्व दशैंको आठौं दिन, आज महाअष्टमी । आज पूजाकोठा, दशैंघर अथवा मण्डपमा वैदिक विधिर्पूवक घटस्थापना गरिएको ठाउँमा महाष्ठमीको दिन विशेष भक्तिर्पूवक पुजाआजा गरिएको छ । माडी उपत्यकामा दशैं तथा नवरात्री पुजा अर्चना जारी रहेका मन्दिर र ठाउँहरुमा पनि विशेष पुजाआजा गरिएको छ ।

अष्टमीको दिन महामाया भगवतीको अतिरिक्त नवदुर्गा भगवतीको पनि प्रतिमा स्थापना गरेर पूजा आराधना गर्ने प्रचलन छ । घरघरमा राखिएका वा कलकारखानामा रहेका हतियारलाई धोइपखाली महादेबी दुर्गाको हतियारको रुपमा स्थापना गरि पुजा गर्ने गरिन्छ । मध्यरातमा बालिसहित कालरात्रिको पूजा गर्ने चलन छ । यस दिन विहानैदेखि देशभरि शक्तिका प्रतीक मानिने महाकाली, महालक्ष्मी र देवी भगवतीका मन्दिरहरूमा भक्तजनहरूको भीड लाग्ने गर्छ । यस दिन असुरहरूको विनासका लागि जगदम्बा भवानीको अंशबाट नौ वटी दुर्गा शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघन्टा, तारा, महाकाली, चामुन्डा, कालरात्री, महागौरी, छिन्नमस्ता आदि प्रकट भएर असुरहरूको बध गरेको प्रतीक स्वरुप बली पूजा गर्ने चलन छ

SwadeshPost