पूर्व स्वास्थ्य एवम् भुमिसुधार सहायक मन्त्री तथा था.क.स चितवन पुर्व जिल्ला सभापति चौधरीको निधन

306
SwadeshPost

पूर्व स्वास्थ्य एवम् भुमिसुधार सहायक मन्त्री तथा थारू कल्यणाकारिणी सभा चितवनका पूर्व जिल्ला सभापति सन्त कुमार चौधरीको ८० बर्षको उमेरमा साेमबार देहान्त भएको छ ।चितवन मेडिकल कलेजमा उपचारको क्रममा उहाँको निधन भएको हो । चौधरी बि.सं. २०३६ सालमा स्वास्थ्य सहायक मन्त्री र २०४३ सालमा भूमिसुधार सहायक मन्त्री हुनुभएको थियो । थारु कल्याणकारिणी सभा चितवनको संस्थापक सदस्य रहनुभएका चौधरी २०२३ देखि २०२७ सालसम्म सभाको जिल्ला सभापतिमा भई चितवनको थारु जागरणको अगुवाई गर्नुभएको माडीका थारु अगुवा कृष्ण चौधरीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

यसैबिच, पूर्व अध्यक्ष चौधरीको दुखद निधनप्रति थारू कल्याणकारिणी सभा, जिल्ला समिति चितवन र थारु कल्याणकारी सभा क्षेत्र नं. १, माडीले शोक व्यक्त गरेको छ । छुट्टाछुट्टै शोक वक्तव्यमार्फत थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललित कुमार चौधरी र माडी क्षेत्रका अध्यक्ष भीम प्रसाद महतोले शोकसन्तप्त परिवारजन र आफन्तजनप्रति धैर्यधारणको कामना गर्दै समवेदना व्यक्त गर्नुभएको हो ।

SwadeshPost