माडी न.पा काे गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको फोटोहरु सामाजिक सञ्जालमा भाइरल

153
SwadeshPost

माडी नगरपालिकाको गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको फोटोहरु माडीका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमाझ भाइरल भएको छ । माडी नगरपालिकाका उपप्रमुख वा प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गर्नुभएको बा २ झ १२४५ नम्बरको निसान पिकअप गाडीले बोरामा केहि सामान बोकीरहेको फोटोहरु भाइरल बनेको हो ।

सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएका फोटोहरुमा गाडीभित्र कोही पनि मानिस वा चालक भने देखिएका छैनन् । तस्वीरमा गाडी नेपाल भारत सीमावर्ती ठोरीका टहराहरु अगाडी पार्किङ गरी राखिएको अवस्थामा गाडीको पछाडी सामानका बोराहरु रहेको देख्न सकिन्छ । माडी नगरपालिकाको स्वामित्वमा रहेको सो गाडीले सीमा क्षेत्रबाट सामान बोकेको बिषय भाइरल भएपनि यो समाचार तयार पार्दासम्म नगरपालिकाले कुनै औपचारिक प्रष्टीकरण वा टिप्पणी भने सार्वजनिक गरेको छैन ।

SwadeshPost