माडी नगरपालिकाका जनप्रतिनिधी एवं कर्मचारीहरुको सक्रियतामा कार्यालय परिसर सरसफाई

142
SwadeshPost

माडी नगरपालिकाका जनप्रतिनिधी एवं कर्मचारीहरुको सक्रियतामा मंगलबार नगरपालिकाको बसन्तपुरस्थित कार्यालय परिसर सरसफाई गरिएको छ । नगरप्रमुख ठाकुर प्रसाद ढकाल, नगर उपप्रमुख ताराकुमारी काजी महतो तथा नगरपालिकामा कार्यरत कर्मचारीहरुको सक्रियामा कार्यालय परिसर सरसफाई गरिएको हो । दशैं बिदाको समयमा फैलिएका फोहोर एवं झाडी र बुट्यानहरु कार्यालय खुल्दै गर्दा सरसफाई गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।

SwadeshPost