जिल्लाभरका लागि विनियोजित ८ करोड मध्ये माडी क्षेत्रलाई प्राथमिकतामा राखी विद्युतीकरण गरिने

225
SwadeshPost

नेपाल सरकारले ग्रामिण विद्युतीकरणको शीर्षकमा नेपाल विद्युत प्राधिकरण चितवनका लागि ८ करोड विनियोजन गरेको छ । विद्युतीकरण हुन बाँकी रहेको क्षेत्र माडीमा धेरै रहेकाले जिल्लाभरका लागि विनियोजित ८ करोड मध्ये माडी क्षेत्रलाई प्राथमिकतामा राखी विद्युतीकरण गरिने नेपाल विधुत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतोे स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । तर हालसम्म योजनाहरुको ब्रेक डाउन भने नगरिएको उहाँको भनाई छ । ब्रेकडाउन भई काम सुरु हुन करीब १ महिना लाग्ने उहाँले जनाउनुभयो ।

यसअघि, माडी नगरपालिकाले आउँदो ज्येष्ठ मसान्तभित्र माडी उपत्यकाभित्र सबै गाउँहरुमा बिजुली बिस्तार गर्ने निर्णय गरेको थियो । नगर कार्यपालिका बैठकले अन्य श्रोतबाट नभए नगरपालिकाकै आन्तरिक बजेटबाटै भएपनि बिजुली बिस्तारको गर्ने निर्णय गरेको थियो । माडी उपत्यकाभर बिजुली बिस्तारका लागि आवश्यक १४ सय पोलहरु आवश्यक रहेको र अन्य श्रोतबाट नभए नगरपालिकाले नै त्यसको व्यवस्थापन गर्ने माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालको भनाई थियो ।

SwadeshPost