माडी स्पीकिङ आइडलको अडिसन पुरा, अडिसनबाट छानिएकाहरुकाे तालिम सञ्चालन हुँदै

343
SwadeshPost

सहयोगी समाज नेपाल, लक्ष्मीनिवासको आयोजनामा सञ्चालित माडी स्पीकिङ आइडलको अडिसन पुरा भएको छ । मंगलबार बिहान मध्यपूर्वी माडीको खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालयमा अन्तिम अडिसन भएको हो । मंगलबारको अडिसनमा आधारभूत विद्यालय जगन्नाथपुरी, जनजीवन माध्यमिक विद्यालय र कृष्णनगर माध्यमिक विद्यालय १÷१ जनागरी कुल ३ जना सहभागीहरु छनौट भएका छन् । यसअघिका अडिसनहरुबाट कुल ८८ जना प्रतिस्पर्धीहरु तालिमका लागि छनौट भइसकेका छन् ।

माडी स्पीकिङ आइडलका कार्यक्रमहरु अन्तरगत बुधबार विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तालिम सञ्चालन हुँदैछ । माडी क्याम्पसको सभाहलमा सञ्चालन हुने सो तालिममा यसअघि अडिसनबाट छानिएकाहरु सहभागी रहने जनाइएको छ । विद्यार्थीहरुबिच वक्तृत्व, अभिव्यक्तिकला र नेतृत्व क्षमताको विकासका लागि माडी स्पीकिङ आइडलको नाउँमा जारी सो प्रतियोगिताका विजेताहरु मध्ये प्रथम, दोश्रो र तेश्रो हुने सहभागीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रका साथमा क्रमशः रु ६,०००/–, ४,०००/– र २,०००/– पुरस्कार प्रदान गरिने सहयोगी समाज नेपालका अध्यक्ष टीका आचार्यले जानकारी दिनुभयो ।

SwadeshPost