देशभरका बालबालिकालाई कार्तिक १४ र १५ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

129
SwadeshPost

देशभरका बालबालिकालाई कार्तिक १४ र १५ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य मन्त्रालयले देशभरका छ महिनादेखि पाँच वर्षमुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ । भिटामिन ‘ए’ को कमीले भविष्यमा बालबालिकालाई रतन्धो रोग लाग्ने, कुपोषण हुने, दीर्घकालीन झाडा पखाला लाग्ने, दादुरालगायतका रोग लाग्ने चिकित्सकले बताएका छन् । सरकारले हरेक छ महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ ।

यसैबिच, माडी नगरपालिका जनस्वास्थ्य शाखाले कार्तिक १४ गते बुधबार र कार्तिक १५ गते बिहीबार नजिकका स्वास्थ्य केन्द्रमा लगि बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सार्वजनिक अनुरोध गरेको छ ।

SwadeshPost