माडी छरछरेस्थित शिवालय मन्दिर र देवेन्द्रपुरकाे शनि मन्दिर परिसर सरसफाई गरियाे

336
SwadeshPost

सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय, छरछरेले माडी नगरपालिका–५, छरछरेस्थित शिवालय मन्दिर परिसरमा वुधबार सरसफाई गरेको छ । अाउँदाे एकादशी मेलाको सन्दर्भ पारी मेला लाग्ने स्थल, छरछरेमा शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय परिवारले झाडी फाँड्दै सरसफाई गरेको हो । सशस्त्र प्रहरीहरुसंगै छरछरे मेला मुल आयोजक समिति तथा छरछरे शिव मन्दिर धार्मिक समितिका सदस्यहरु समेत सम्मिलित भई आज बिहान सरसफाई गरिएको हो ।

यसैबिच, दक्षिण सोमेश्वर कालिका धार्मिक समितिले पनि वुधबार शनि मन्दिर क्षेत्रको सरसफाई गरेको छ । विहान ११ः३० बजेबाट करिब २ घण्टा सञ्चालन भएको सरसफाई कार्यक्रममा करीब ६० जना स्थानीयहरुको सहभागिता रहेको युवा पण्डित सुदर्शन सुवेदीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । मन्दिर क्षेत्रको सरसफाई गरि प्लास्टिक मुक्त क्षेत्र बनाउन पहल समेत सुरू गरिएको सुवेदीले बताउनुभयो ।

SwadeshPost