छरछरे मेला आयोजक मुल समितिको पहिलो बैठक माडी–५ छरछरेमा सम्पन्न

531
SwadeshPost

हरिबोधनी एकादशी छरछरे मेला आयोजनाको जिम्मेवारी पाएको मेला आयोजक मुल समितिको पहिलो बैठक बुधबार छरछरेमा सम्पन्न भएको छ । समितिका संयोजक तिलक भुसालको अध्यक्षतामा सम्पन्न आजको बैठकले मेलालाई व्यवस्थित रुपमा सञ्चालनका लागि विभिन्न उपसमितिहरु गठन गर्दै जिम्मेवारीहरु तोकेको छ । मेला स्थलको भौतिक निर्माण तथा मर्मत सम्भारका लागि चित्र बहादुर राना, जीवलाल चपाईं, अर्जुन पोख्रेल र राजकुमार बि.क.लाई जिम्मेवारी दिइएको छ । त्यसैगरी, पुजा व्यवस्थापनका लागि गंगाधर न्यौपाने, धर्मागत तिवारी, भीम प्रसाद तिवारी, चुडामणी भट्टराई र भागिरथ न्यौपानेलाई जिम्मेवारी दिइएको छ । बजार व्यवस्थापनका लागि राम प्रसाद तिवारी, शोभाखर चापागाईं, टिका न्यौपाने र गंगा प्रसाद न्यौपानेलाई जिम्मेवारी तोकिएको छ भने माडीका सञ्चारकर्मीहरुलाई सामुहिक रुपमा प्रचार प्रसारको जिम्मेवारी दिइएको छ ।

त्यस्तै आर्थिक व्यवस्थापनको जिम्मेवारी मुल समितिका संयोजक तिलक भुसालसंगै गोपाल काफ्ले, मथुरा ढकाल र एक नारायण काफ्लेलाई दिइएको छ भने साँस्कृतिक कार्यक्रम, पार्किङ व्यवस्थापन र स्वयम् सेवक परिचालनको जिम्मेवारी संस्थागत रुपमा दियो क्लबलाई प्रदान गरिएको छ । बुधबारको बैठकले नगर प्रमुख ठाकुर प्रसाद ढकाल, उप–प्रमुख ताराकुमारी काजी महतो, वडा नं. ५ का वडाध्यक्ष रामबन्धु पोखरेल, आचार्य युवा पण्डित सुदर्शन सुवेदी, भूतपूर्व साँसद तीर्थराज भुसाल लगायत सम्मिलित मेला संरक्षक समिति समेत गठन गरेको मुल आयोजक समितिका संयोजक तिलक भुसालले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

SwadeshPost