माडीको पुरानो इतिहास बोकेको मानवबस्ती सिमरा गाउँ पछिल्लो समय सुनसान बन्दै

733
SwadeshPost

माडीको पुरानो इतिहास बोकेको मानवबस्ती सिमरा गाउँ पछिल्लो समय सुनसान बन्दै गएको छ । सुरुवाती समयदेखि बस्दै आएका स्थानीयले थातथलो छाडेर हिँड्न थालेपछि अहिले गाउँ खाली बन्दै गएको हो । रीउ नदीको कटानबाट गाउँको आधाभन्दा धेरै हिस्सा बगरमा परिणत भएको तथा स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, विजुली, सञ्चार, शान्तिसुरक्षा लगायतका सेवासुविधा बाट वर्षौँदेखि वञ्चित हुन पुगेपछि सेवासुविधा खोज्दै स्थानीयहरुले थातथलो छाडेर हिँडेको स्थानीय बिन्दा चाैधरीले जनाउनुभयो ।

सरकारी निकायको रुपमा एउटा मात्रै प्राथमिक विद्यालय रहेको सिमरा गाउँ पुग्न हाल रतनी वा कल्याणपुरको बाटोबाट रीउ नदी पार गर्नुपर्ने बाध्यता रहेको छ । सबैजसो सरकारी सेवा सुविधाबाट वञ्चित रहेको यो ठाउँका बासिन्दा जंगली जनावरहरुबाट प्रताडित बन्दै आएका छन् । हात्ती, बाघ, भालु लगायतका जगली जनावर गाउँपसेर उपद्रो मच्चाउने, बालीनाली विनाश गर्ने तथा मानिसको ज्यानै लिने गर्दै आएको स्थानीयबासी संजय काजीले बताउनुभयो । (प्रतिकात्मक फाेटाे)

SwadeshPost