माडीका अधिकांश विद्यालय एवम् क्याम्पसका विद्यार्थीहरु शैक्षिक अवलोकन भ्रमणमा

433
SwadeshPost

माडी नगरपालिका भित्रका अधिकांश विद्यालय एवम् क्याम्पसका विद्यार्थीहरु शैक्षिक अवलोकन भ्रमणमा रहेका छन् ।माडी नगरपालिका अन्तरगतका जनजीवन माध्यामिक विद्यालय, जनकल्याण माध्यामिक विद्यालय, खैरहनी माध्यामिक विद्यालय, कृष्णनगर माध्यमिक विद्यालय, दिवाकर स्मृति विद्यालय, पिसल्याण्ड अंग्रेजी विद्यालय, सोमेश्वर माध्यामिक विद्यालय, माडी क्याम्पस लगायतका शैक्षिक संस्थाहरुमा अध्ययनरत विद्यार्थीहरु शैक्षिक अवलोकन भ्रमणमा रहेका हुन् । विद्यार्थीहरुलाई सम्बन्धित शिक्षालयका शिक्षक शिक्षिकाहरुले सहजिकरण एवम् नेतृत्व गरिरहेका छन् ।

कोरा किताबी ज्ञानभन्दा बाहिरी ज्ञान बढि महत्वपूर्ण हुने र बिद्यालयको कक्षाकोठा भन्दा बाहिरको संसारको अवलोकनले विद्यार्थीहरुको मष्तिस्क र बौद्धिक क्षमतालाई थप उजागर गर्ने भएकाले हरेक वर्ष प्रायः दशैं र तिहारको बिचको समयमा माडीका विद्यार्थीहरुलाई शैक्षिक भ्रमण लैजाने अभ्यास रहेको छ ।

SwadeshPost