रेवा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

226
SwadeshPost

रेवा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको क्षमता अभिबृद्धि कार्यक्रम शनिबार माडी नगरपालिका वडा नं. ६ को वडा कार्यालय, कल्याणपुरमा सम्पन्न भएको छ । कार्यक्रममा सो सहकारीका सेयर सदस्यहरुलाई सहकारी अभियन्ता भीम बहादुर के.सी.ले प्रशिक्षण दिनुभएको थियो । सहकारीका मुल्य मान्यता, सहकारीका विश्वव्यापी नियम र आचारसंहिता तथा रेवा मध्यवर्ती सहकारीको व्यवस्थापन सुधारबारे प्रशिक्षण सञ्चालन भएको रेवा मध्यवर्ती उपभोक्ता समितिका कार्यालय सचिव सुर्यकान्त खनालले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

सहकारीका अध्यक्ष फणिन्द्रनाथ दवाडीको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा माडी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष भरत बहादुर गुरुङ, वडा नं. ७ का वडाध्यक्ष बालकृष्ण सापकोटा, तराई भू-परिधि कार्यक्रम (ताल) का फिल्ड प्रतिनिधी युवराज घताने, रेवा मध्यवर्ती उपभोक्ता समितिका उपाध्यक्ष यशोदा भण्डारी र माडी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बिष्णु आचार्यको आतिथ्यता रहेको थियो l

SwadeshPost