माडीको खरकट्टादेखि बगहीँसम्म अाइतबार आकस्मिक बजार अनुगमन

254
SwadeshPost

माडी नगरपालिका अन्तरगतको बजार अनुगमन समितिले अाइतबार माडीको खरकट्टादेखि बगहीँसम्म आकस्मिक बजार अनुगमन गरेको छ । अाइतबारको बजार अनुगमनबाट कतिपय पसलमा म्याद सकिएका खाद्यसामग्रीहरु भेटिएको र त्यसप्रकारका म्याद गुज्रिएका सामानहरु बिक्रीवितरण गर्नु गैरकानुनी एवं दण्डनीय भएकोबारे सम्बन्धित व्यवसायीलाई सचेत बनाईएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख तथा बजार अनुगमन समितिका संयोजक रविशंकर शाहले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

बजार अनुगमन समितिका प्रतिनिधीहरुमा नागरिक समाज माडी, उद्योग बाणिज्य संघ माडी, ईलाका प्रशासन कार्यालय माडी र ईलाका प्रहरी कार्यालयका प्रतिनिधीहरुसंग नेपाल पत्रकार महासंघका प्रतिनिधि सदस्य रहनुभएको छ भने समितिको सदस्य सचिब सन्तोष सुवेदी रहनुभएको छ ।

SwadeshPost