माडीको मुख्य बजारहरुमा पटका पड्काउने क्रम अझै रोकिएन

265
SwadeshPost

ईलाका प्रहरी कार्यालय माडीले दिपावलीको समयमा पटाका नपड्काउन आग्रह गरेपनि माडीमा अधिकांश बजार गाउँहरुमा पटका पड्काउने क्रम रोकिएको छैन ।

साँझको समयमा एक किमिसको आतङ्क नै सिर्जना हुनेगरी सार्वजनिक स्थलमा पटाका पड्काइदा समेत प्रहरीले कुनै चासो देखाएको छैन । माडीको मुख्य बजारहरु, बरुवा, बसन्तपुर, कल्याणपुर, कीर्तनपुर, देवेन्द्रपुर, खरकट्टा लगायतका क्षेत्रमा ठूलो र चर्को आवाज दिने पटाकाको आवाजले आतङ्क मच्चाउने गरेको सम्बन्धित बजारका बजारबासीहरुले गुनासो गरेका छन् ।

यसअघि, माडीका विभिन्न ठाउँहरुमा सञ्चालन गरिएका साँस्कृतिक कार्यक्रहरुमा समेत प्रहरीकै अगाडी सार्वजनिक स्थलमा पटका पड्काइँदा समेत प्रहरी रमिते बनेको थियो । यस विषयमा ईलाका प्रहरी कार्यलयमा सम्पर्क गर्दा सार्वजनिक स्थलमा पटाका पड्काउने केही युवाहरुलाई हिजो पक्राउ गरी आगामी दिनमा त्यस्ता कृयाकलाप नगर्न र नगराउन कागज गरी छोडिएको र बिहीबारदेखि थप कडाइका साथ चेकजाँच गरिने इलाका प्रहरी कार्यालय माडीका प्रहरी नायब निरिक्षक नारायण श्रेष्ठले जनाउनुभयो ।

SwadeshPost