माडी स्पीकिङ आइडलको फाइनल कार्तिक २६ गते हुने निश्चित

283
SwadeshPost

सहयोगी समाज नेपाल, लक्ष्मीनिवासको आयोजनामा सञ्चालित माडी स्पीकिङ आइडलको फाइनल आउँदो कार्तिक २६ गते हुने निश्चित भएको छ । माडी क्याम्पसको सभाहल, बसन्तपुरमा एक औपचारिक कार्यक्रमबिच माडी स्पीकिङ आइडलको अन्तिम प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक युवराज घिमिरेले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

फाइनलपूर्व कार्तिक २५ गते अन्तिम सेलेक्सन राउण्डको प्रतिस्पर्धा हुनेछ । विद्यालय चरणको अडिसनबाट छानिएका करीब ९० जना प्रतिस्पर्धीहरुमध्ये ३० जना प्रतियोगिहरु अन्तिम चरणका लागि छनौट हुन ‘बालवालिकाहरुको व्यक्तित्व विकासमा नैतिक शिक्षाको आवश्यकता’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुने छ । त्यसबाट छानिएका ३० जना प्रतिस्पर्धीहरुले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

विद्यार्थीहरुबिच वक्तृत्व, अभिव्यक्तिकला र नेतृत्व क्षमताको विकासका लागि माडी स्पीकिङ आइडलको नाउँमा जारी सो प्रतियोगिताका विजेताहरु मध्ये प्रथम, दोश्रो र तेश्रो हुने सहभागीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रका साथमा क्रमशः रु ६,०००/–, ४,०००/– र २,०००/– पुरस्कार प्रदान गरिने सहयोगी समाज नेपालका अध्यक्ष टीका आचार्यले जानकारी दिनुभयो ।

SwadeshPost