भेट्रान भलिबल प्रतियोगिताको उपाधी वडा नं. ५ को ‘ए’ टीमलाइ

633
SwadeshPost

माडी नगरपालिका वडा नं. १ को आयोजनामा सञ्चालित अन्तरमाडी वडास्तरीय भेट्रान भलिबल प्रतियोगिताको उपाधी वडा नं. ५ को ‘ए’ टीमले जितेको छ । बिहीबार साँझपख सम्पन्न फाइनल खेलमा वडा नं. ५ ‘बी’ लाई ३-० को सोझो सेटमा पराजित गर्दै वडा नं. ५ ‘ए’ ले प्रथम स्थान हासिल गरेको हो ।

समग्र प्रतियोगिताको उत्कृष्ट रेजको उपाधी वडा नं. ६ का शंकर गुरुङ, उत्कृष्ट सटर वडा नं. ५ ‘ए’ टोलीका हरि भुसाल र प्रतियोगिताकै सर्बोत्कृष्ट खेलाडी पनि वडा नं. ५ ‘ए’ कै हरि भुसाल घोषित हुनुभयो । प्रथम हुन सफल वडा नं. ५ ‘ए’ ले एकवटा खसी सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोश्रो भएको वडा नं. ५ ‘बी’ ले नगद ६ हजार रुपैंयासहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिता सकिएसंगै बिहिबार एक संक्षिप्त समापन कार्यक्रमबिच माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालले विजेता तथा उपविजेताहरुलाई पुरस्कार एवं मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा ३५ बर्षभन्दा बढी उमेर भएका खेलाडीहरु सहभागी रहेका थिए भने खेल बरुवा बजारको चितई खोला नजिकको भलिबल कोर्टमा सञ्चालन भएको थियो ।

SwadeshPost