गणेशस्थान लाई ८० करोड खर्चेर गणेशधाम को रुपमा विकास गरिने

474
SwadeshPost

भरतपुर महानगरपालिका-११ मा रहेको धार्मिक एवं ऐतिहासिकस्थल गणेशस्थानलाई रु ८० करोड खर्चेर गणेश धामको रुपमा विकास गरिने भएको छ । भरतपुरको मुख्य बजार नजिक रहेको सो स्थललाई धार्मिकस्थल र पार्कका रूपमा विकास गरिने मन्दिर व्यवस्थापन समितिका सचिब समेत रहनुभएका माडी–७ देबेन्द्रपुर निवासी रेशम सापकोटाले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

गणेशस्थान मन्दिर क्षेत्रको २.४३ हेक्टर धार्मिक वन क्षेत्रसंगै नवजगृति सामुदायिक वन र जलदेवी सामुदायिक वन क्षेत्रसँग सहकार्य गरी थप ३० हेक्टर क्षेत्रफलमा यो धाम विस्तार गरिने योजना अघि बढाइएको हो । सो परियोजनालाई सफल बनाउन मन्दिर परिसरमा आउँदो मंसिर चौथो साता श्रीमद्भागवत महायज्ञ सञ्चालन गर्न लागिएको सचिव सापकोटाले जनाउनुभयाे ।

SwadeshPost