प्राधिकरणको प्राविधिक टोलीले केबुल फल्ट मर्मत गरेसंगै माडीको बिजुली सुचारु

304
SwadeshPost

नेपाल बिद्युत प्राधिकरणको प्राविधिक टोलीले केबुल फल्ट मर्मत गरेसंगै अाज शुक्रबार राती करीब ८ः३० बाट माडीको बिजुली सुचारु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज भित्रको भूमिगत प्रसारण लाइन अन्तरगत बनकट्टा पोष्ट नजिकै, रीउ नदीका दलदल जमीनमा केबुल फल्ट पत्ता लागी मर्मत गरिएसंगै बिजुली सुचारु भएको हो ।

चनौली जगतपुर माडी ३३ के.भी. सब प्रशारण लाइन अन्तरगत रीउ किनारमा फल्ट भेटिएकोमा मर्मत गरिएको भरतपुर केन्द्र प्रमुख सुरेश महतोले जनाउनुभयो । निकुञ्ज भित्रको केबु्लमा समस्या आएसंगै गत बुधबार लक्ष्मीपूजाको साँझदेखि माडीको बिजुली अवरुद्ध रहेको थियो । शुक्रबार बिहानैदेखि भरतपुर केन्द्र प्रमुख महतो तथा माडी सेवा केन्द्र प्रमुख आनन्द कुँवर लगायतको टोली समस्या पत्ता लगाउन खटिएको थियो । नेपालकै लामो भूमिगत बिजुली प्रसारण लाइनका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा निरन्तर केबुल बिग्रने गरेकोले समय समयमा माडीमा बिजुली अबरुद्ध हुँदै आएको छ । यसपटक बिजुली नहुँदा तिहारको रमाइलो माहौलमा सम्पूर्ण माडी उपत्यका अँध्यारोमा रहनु परेको थियो ।

SwadeshPost