अज्ञात समूहले माछापोखरीमा विष हालिदिँदा करिब ८ लाख रुपैयाँ बराबरको क्षति

275
SwadeshPost

पूर्वी चितवनको पिप्लेमा एक माछापोखरीमा अज्ञात समूहले विष हालिदिदा करिब ८ लाख रुपैयाँ बराबरकाे माछाको क्षति भएको छ । पिप्लेको ज्योतिनगरमा रत्नबहादुर बर्तौलाको ४ कठ्ठा क्षेत्रफलमा रहेको माछा पोखरीमा अज्ञात समूहले विष हालिदिएकाले सो क्षति भएको पीडितले जनाउनुभएको हो ।

बेच्ने तयारी अवस्थामा रहेको माछामा विष हाल्दा ठूलो क्षती भएको हो । उहाँको पोखरीमा अघिल्लो वर्षपनि अज्ञात समूहले विष हालेर करिब चार पाँच लाखको माछा नष्ट गरिदिएका थिए । त्यसबेला पनि प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको भन्दै पीडित बर्तौलाले यसवर्ष पनि आफ्नो पोखरीमा विष हलिएकोले दोषीलाई पक्राउ गरि कारबाही गर्न उहाँले माग गर्नुभयो ।

SwadeshPost