माडीका मुख्य बजारमा सडक सोलार बत्तीहरु बिग्रेको सार्बजनिक गुनासो

252
SwadeshPost

माडीको मुख्य बजार क्षेत्रमा रहेका कतिपय पोलयुक्त सडक सोलार बत्तीहरु बिग्रेको बजारबासीले गुनासो गरेका छन् । गतबर्ष माडी नगरपालिकाको बरुवादेखि बगहीँ बजारसम्म स्थापना गरिएका ३२ वटा पोलयुक्त सोलार बत्तीहरुमध्ये २ वटा पूर्ण रुपमा बिग्रिएको र बाँकी केहिले अपेक्षित काम नगरिरहेको गुनासो आएको हो ।

साँझ परेसंगै आफै बल्ने र बिहानपख उज्यालो बढेसंगै आफै निभ्ने स्वचालित प्रणालीका सोलार बत्तीहरु जडानका लागि माडी नगरपालिकासंगै बजारबासीहरुले समेत रकम उठाएर लगानी गरेका थिए । तर कतिपय बत्तीहरु मध्यरात नहुँदै निभिसक्ने गरेका छन् भने कल्याणपुर र बरुवा बजारका सोलारहरु भने व्याट्री बिग्रिनाले कामै गर्न छाडेको जनाइएको छ ।

यसैबिच, माडीभर सडक सोलार बत्ती जडान गरेको सन पावर कम्पनीले भने सोलार प्रणालीको मर्मत गरिने जनाएको छ । स्वदेश एफ.एम.संग कुराकानी गर्दै कम्पनीका प्रतिनिधी निरोज चौधरीले कतिपय सोलारको मर्मत गरिएको र केहिको व्याट्री फेरिएको जनाउँदै गुनासो आएका ठाउँमा समेत तत्कालै मर्मतको प्रक्रिया थालिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोलार बत्तीहरु नबल्दा रातीको समयमा बजारका चोकहरु अँध्यारो हुँदा चोरी लगायतका आपराधिक गतिबिधी एवं सवारी दुर्घटना बढेको कल्याणपुर निवासी सोलार बत्तीका उपभोक्ता हृदयेश गुप्ताको भनाई छ ।

SwadeshPost