नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वडास्तरीय कार्यालय संयन्त्र गठन प्रक्रिया सुरु

235
SwadeshPost

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वडास्तरीय कार्यालय संयन्त्र गठन प्रक्रिया अाइतबार देखि सुरु भएको छ । सो पार्टीको नगरस्तरीय संयन्त्रका सदस्यहरुको उपस्थितिमा अाइतबार माडी नगरपालिकाको वडा नं. १ देखि ५ सम्मको वडास्तरीय कार्यालय संयन्त्र गठन गरिएको हो । वडा नं. ६ देखि ९ को संयन्त्र भने कार्तिक २६ गते साेमबार गठन गरिने नेकपा माडीका नेता ऋषि काफ्लेले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

नवगठित वडास्तरीय समितिहरुमा समेत साविकका दुईवटै पार्टीहरु नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का वडा पदाधिकारीहरुलाई संयोजना गरिएको छ । नेकपाका नवगठित वडास्तरीय संयन्त्रहरुमध्ये वडा नं. १ मा गंगा भुसाल, भरतराज तिमिल्सिना, रामनारायण महतो, भीम बहादुर बि.क., सन्तोष सुवेदी, तुल बहादुर नेपाली, दिल बहादुर के.सी. र रामकृष्ण तिमिल्सिना रहनुभएको छ । त्यसैगरी वडा नं. २को पार्टी संयन्त्रमा लोकराज पोखरेल, लुकमणी तिमिल्सिना, भीम महतो, मंगला महतो, ईश्वरी प्रसाद ढकाल, विश्वमती महतो, रामनारायण महतो र रामकृष्ण पौडेल रहनुभएको छ ।

त्यस्तै, माडी नगरपालिका ३ नं वडा संयन्त्रमा मुक्ति काफ्ले, नारायणदत्त लामिछाने, हरिकृष्ण लामिछाने, बलराम महतो, बबी महतो, बिष्णु टण्डन, प्रेम सुनार र मायाराम महतो रहनुभएको छ भने वडा नं. ५ को संयन्त्रमा रामप्रसाद तिवारी, भीमसेन बि.क., पिताम्बर पोखरेल, शुभद्रा शर्मा, गणेश घताने, सन्तोष चापागाईं, सरिता ढकाल र नरपति सुवेदी रहनुभएको छ । वडा नं. ४ स्तरीय संयन्त्र समेत गठन गरिएको भएपनि त्यसको विवरण भने प्राविधिक कारण देखाइ सार्वजनिक गरिएको छैन ।

SwadeshPost