टावर ढलेको करीब आधा बर्ष बितिसक्दा पनि माडीको खरकट्टामा एन.सेल.ले सेवा सुचारु गरेन

416
SwadeshPost

मध्यपूर्वी माडीको खरकट्टामा टावर ढलेको करीब आधा बर्ष बितिसक्दा पनि मोबाइल सेवा प्रदायक कम्पनी एन.सेल.ले सेवा सुचारु गरेको छैन । गत ज्येष्ठ ३१ गते आएको हावाहुरीले स्थानीय घरको छानो उडाइ ल्याएर सो टावरमा ठोक्किँदा फाइबर निर्मित टावर ढल्न पुगेको थियो । टावर ढल्दै गर्दा सोलार प्यानलहरुमा समेत क्षती पुगेको थियो । टावर र सोलार प्रणाली क्षतीग्रस्त भएसंगै सो टावरमार्फत मोबाइल र इन्टरनेटको सेवा लिइरहेका मध्यपूर्वी माडीका उपभोक्ताहरु प्रभावित भइरहेको स्थानीयबासी मोहन बहादुर भण्डारीले स्वदेश एफ.एम.लाई जनाउनुभयो ।

सरकारी स्वामित्वको नेपाल टेलिकमको सेवा अपेक्षित गुणस्तरीय हुन नसकिरहेको समयमा नीजि क्षेत्रको मोबाइल सेवा प्रलायक एनसेलले १०० फिट उचाइको टावर स्थापना गरी गुणस्तरीय सेवा प्रदान गरिरहेको थियो । टावर मर्मत नगरिँदा माडीको दक्षिण अयोध्यापुरी, कान्तिपुर, इन्द्रबस्ती, बाह्रघरे, सागबारी, गणेशकुञ्ज र चौकीडाँडा लगायतका गाउँमा बसोबास गरिरहेका मोबाइल उपभोक्ताहरुको मोबाइलमा सो कम्पनीको सिमकार्ड भएपनि राम्रो नेटवर्क भने छैन ।

यसैबिच, पूर्वी माडीको दक्षिणी गोबिन्दबस्ती क्षेत्रमा रहेका कान्छी बगहीँ, जेठी बगहीँ र प्याउली तथा कुसुमखोला क्षेत्रहरुमा अझैपनि मोबाइल सेवा पुग्न सकेको छैन । सरकारी वा नीजि स्वामित्वका कुनैपनि मोबाइल सेवा प्रदायकहले सो क्षेत्रहरुमा सेवा पुग्नेगरी टावर नराख्दा आफूहरु सञ्चार सम्पर्कबाटै बिमुख हुनु परिरहेको कान्छी बगहीँ निवासी भरत घिमिरेले गुनासो गर्नुभयो । मोबाइल सेवाको अभावमा जंगली जनावरको आक्रमण, बाढी बिपद् र आकस्मिक अवस्थामा बाहिर सम्पर्क हुन नसक्दा पटक पटक मानवीय क्षती हुनेगरेको हाम्रा उहाँको भनाई छ । (इन्सेटमा घाँसले ढाकिएको वर्तमान अवस्था ।)

SwadeshPost