दाङ्गबाट काठमाण्डौका लागि छुटेको बस गैंडाकाेट-१४ अमरापुरीमा दुर्घटनामा, २५ घाइते

158
SwadeshPost

पुर्व पश्चिम राजमार्ग अन्तर्गत गैंडाकाेट नगरपालिका-१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटनामा परेको छ । दाङ्गबाट काठमाण्डौका लागि छुटेको बस अमरापुरीमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दाङबाट काठमाण्डौका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस आफै अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा परी घाइते भएका मध्ये दाङ शान्तिनगर गाउँपालिका-१ बस्ने एक वर्षीय बालक यनुष बिक, दाङ घोराही उपमहानगरपालिका १५, बस्ने २८ वर्षीय होम बहादुर पोखरेल र तुलसीपुर बस्ने २४ वर्षीय लक्ष्मि बस्नेतको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

दशजनाको अवस्था मध्यम र बाह्र जनाको अवस्था सामान्य रहेको छ । घाइते मध्य १९ जनाको चितवन मेडिकल कलेज भरतपुर र ६ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

SwadeshPost