सोमबारका खेलहरुबाट वडा नं. ६, ४ र १ बिजयी

127
SwadeshPost

माडी स्तरिय प्रथम अन्तरवडा लिग फुटबल प्रतियोगिता अन्तरगत सोमबारका खेलहरुमा वडा नं. ६, ४ र १ बिजयी भएका छन् । सोमबारको पहिलो खेल वडा नं. २ र वडा नं ६ बिच भएकोमा वडा नं ६ ले ४–० को जित हासिल गरेको छ । सो खेलको म्यान अफ द म्याच वडा नं ६ का भानु गुरुङ घोषित हुनुभयो । त्यस्तै, सोमबारको दोस्रो खेल वडा नं. ५ बि र वडा नं ४ बिच भएकोमा वडा नं ४, १–० ले बिजयी भएको छ भने सो खेलका म्यान अफ द म्याच वडा नं ४ का बिजय विश्वकर्मा घोषित हुनुभयो । त्यस्तै, सोमबारको तेस्रो खेल वडा नं. १ र वडा नं ५ ए बिच भएकोमा ४–० गोलअन्तरसहित वडा नं. १ बिजयी भएको छ । उक्त खेलको म्यान अफ द म्याच वडा नं १ का कसम लामा घोषित हुनुभयो ।

शुभ दिपावली, छठ र हरिबोधनी एकादशी पर्वको अवसरमा खेलकूद तथा साँस्कृतिक समिति, माडी नगरपालिका वडा नं. ५ को आयोजनामा सञ्चालित सो प्रतियोगिता अन्तरगत कार्तिक २७ गते मंगलबार मध्याह्न १२ बजे वडा नं ९ र वडा नं १, दिउसो २ बजे वडा नं ६ र वडा नं ४ दिउसो ३ः३० बजे वडा नं ३ र वडा नं २ बिच खेल हुने कार्यतालिका रहेको छ ।

SwadeshPost