बुधबारदेखि माडीमा मत्स्य स्वास्थ्य घुम्ती शिविर सञ्चालन हुने

178
SwadeshPost

केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र बालाजुको आयोजनामा बुधबारदेखि माडीका विभिन्न स्थानहरुमा मत्स्य स्वास्थ्य घुम्ती शिविर सञ्चालन हुन लागेको छ ।

तीनदिनसम्म जारी रहने सो घुम्ती मत्स्य स्वास्थ्य शिविरमा गई माछापालक किसानहरुले पोखरीको पानी तथा रोगी माछाको जाँच एवम् दानाको नमुना परीक्षण गर्न सक्ने प्रमुख मत्स्य विकास अधिकृत बैकुण्ठ अधिकारीले जानकारी दिनुभयो । माडी क्षेत्रलाई मत्स्य पकेट क्षेत्र घोषित गरी व्यवसायिक माछापालन विकासका विभिन्न कार्यक्रम र योजनाहरु सञ्चालन भइरहेकोमा पहिलोपटक माछाको स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुन लागेको हो ।

SwadeshPost