वडा लिग फुटबल प्रतियोगिता अन्तरगत मंगलबार वडा नं १, ६ र ३ विजयी

339
SwadeshPost

शुभ दिपावली, छठ र हरिबोधनी एकादशी पर्वको अवसरमा खेलकूद तथा साँस्कृतिक समिति, माडी नगरपालिका वडा नं. ५ को आयोजनामा सञ्चालित माडी स्तरिय प्रथम वडा लिग फुटबल प्रतियोगिता २०७५ अन्तरगत मंगलबार तीनवटा खेलहरु सम्पन्न भएका छन् ।

मंगलबारको पहिलो खेल वडा नं. ९ र वडा नं १ बिच भएकोमा वडा नं १ ले १-० को जित हासिल गरेको छ । सो खेलको म्यान अफ द म्याच वडा नं ९ का आशिष दुरा घोषित हुनुभयो । त्यस्तै, मंगलबारको दोस्रो खेल वडा नं. ६ र वडा नं ४ बिच भएकोमा वडा नं ६ ले १-० को जीत निकालेको छ र सो खेलको म्यान अफ द म्याच वडा नं ६ का धनराज महतो घोषित हुनुभयो ।

त्यस्तै, मंगलबारको तेस्रो खेल वडा नं. ३ र वडा नं २ बिच भएकोमा ३-० गोलअन्रसहित वडा नं. ३ ले बिजयी भएको छ । उक्त खेलको म्यान अफ द म्याच वडा नं ३ का बिबेक पौडेल घोषित हुनुभयो । प्रतियोगिता अन्तरगत कार्तीक २८ गते बुधबार सेमिफाइनलका खेलहरु हुनेछन् । बुधबार, सेमिफाइनलको पहिलो खेल वडा नं १ र वडा नं ३ बिच हुनेछ भने दोस्रो खेलमा वडा नं ६ र वडा नं ८ भिँड्नेछन् ।

SwadeshPost