माडी आयुर्वेद औषधालयलद्वारा बुधबारदेखि ‘स्नेहन स्वेदन कार्यक्रम’ सुचारु

329
SwadeshPost

माडी आयुर्वेद औषधालयले कार्तिक २८ गते बुधबारदेखि ‘स्नेहन स्वेदन कार्यक्रम’ सुचारु गरेको छ । मसाज, मालिस र वाफमार्फत पसिना निकाली उपचार हुने सो कार्यक्रम गतबर्ष सुरु भएकोमा बिचमा रोकिएको थियो । यस उपचार पद्धति पक्षघात, आमबाथ, वाथरक्त वढेको, नसा च्यापिएको, हड्डी खिइएको, जोर्नी दुखेको, हाड जोर्नी विरामी, आघातजन्य शोथ, माशपेशी शोथ लगायतका विरामीहरुलाई फाइदाजनक मानिने माडी नगरपालिकाका आयुर्वेद नीरिक्षक रविशंकर शाहले जानकारी दिनुभयो ।

औषधालयमा प्रायः माडीका पूर्वी क्षेत्रका गाउँहरुबाट बिरामीहरु पुग्ने गरेका छन् । विगतमा २ जनाको दरबन्दीमा चलेको सो औषधालयमा हाल थप दरबन्दीसहित सेवा सञ्चालन जारी रहेको छ । औषधालय परिसरमा विभिन्न जातका जडिबुटीका रुखबिरुवाहरु समेत लगाइएका छन् । तर जडिबुटीहरु पिँध्ने मेसिनको अभावमा आयुर्वेदिक औषधीहरु भने तयार गर्न नसकिएको औषधालयका निमित्त प्रमुख डा. हिमालय कुमार श्रेष्ठले जनाउनुभयो । आउँदा दिनमा पञ्चकर्म उपचार विधी धप गरी सेवा बिस्तार गर्दै लगिने उहाँको भनाई छ ।

SwadeshPost