माडी नगरपालिकाले नगर क्षेत्रमा सञ्चालनमा रहेका व्यवसायिक प्रतिष्ठानहरु नगरपालिकामा दर्ता हुन बुधबार सार्वजनिक सुचना जारी गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५८ अनुसार नगर क्षेत्र भित्र व्यापार, व्यवसाय वा सेवामा पुजीगत लगानी र आर्थिक कारोवारको आधारमा व्यवसाय कर लगाउन सक्ने व्यवस्था रहेको जनाउँदै नगरपालिकाले व्यवसाय दर्ता गर्न सुचना प्रकाशित गरेको हो । त्यसैगरी, नगरपालिकामा दर्ता गरेका व्यवयाहरुलाई पौष महिनाभित्रै नबिकरण गरिसक्न समेत सुचित गरिएको छ । पौष महिनाभित्र नविकरण नभए २५ प्रतिशत थप जरिवाना लिने निर्णय गरिएको आज सामाजिक सञ्जालमार्फत सार्बजनिक गरिएको हो ।
विज्ञापन १
![](https://i0.wp.com/swadeshpost.com/wp-content/uploads/2024/10/central.gif?resize=1200%2C138&ssl=1)
विज्ञापन २
![](https://i0.wp.com/narayanionline.com/wp-content/uploads/2024/12/5x33-cm-for-Paper-copy-1-1536x232.jpg?resize=1536%2C232&ssl=1)
विज्ञापन ३
![](https://i0.wp.com/swadeshpost.com/wp-content/uploads/2024/10/Watashino-Ad-Long-1.jpg?resize=1000%2C120&ssl=1)