हरिबोधनी एकादशीमा माडीको छरछरे धाममा लाग्ने मेलाको तयारी तीब्र

141
SwadeshPost

हरिबोधनी एकादशीको अवसरमा माडीको छरछरे धाममा लाग्ने मेलाको तयारी सुरुवात गरिएको छ । आउँदो मंसिरको ३ गते हुने सो मेलाको तयारी अन्तरगत हाल प्रचारप्रसार कार्य तीब्र पारिएको छ भने मेलास्थलको भौतिक निर्माणको कार्य तथा स्टल बुकिङ हुने क्रम जारी रहेको मेला आयोजक मुल समितिले जनाएको छ ।

मेलाको सन्दर्भमा छरछरेमा बृहत् साँस्कृतिक कार्यक्रम समेत सञ्चालन हुने निश्चित भएको छ । राष्ट्रिय लोकदोहोरी कलाकारहरु नबिन पौडेल र सम्झना भण्डारीको विशेष प्रस्तुतीका साथै स्थानीय कलाकारहरुको सहभागिता रहने सो कार्यक्रमको व्यवस्थापन भने दियो क्लब माडीले सम्हाल्नेछ । मेलाको अवसरमा श्रद्धालु भक्तजनहरुको सहजताका निम्ति बसन्तपुर बजारबाट छरछरे धामसम्म सवारी साधनको व्यवस्था समेत गर्न लागिएको मेला आयोजक समितिका अध्यक्ष तिलक भुसालले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । भुसालको संयोजकत्वमा रामप्रसाद तिवारी सह–संयोजक र गोपाल काफ्ले सचिव रहनुभएको मेला आयोजक मुल समितिले मेलाको व्यवस्थापकीय काम गरिरहेको छ ।

छरछरे धाममा विगत २०३१ सालदेखि हरेक बर्ष एकादशी मेला लाग्दै आएको छ । मेलाको अवसरमा शिवमन्दिरमा पुजा अर्चना गरी तोरण टाँग्नुका साथै विविध साँस्कृतिक कार्यक्रमहरु समेत हुँदै आएको छ । मेला भर्नका लागी माडीका सबै वडाहरुसंगै विभिन्न ठाउँहरुबाट श्रद्धालु भक्त्तजनको व्यापक सहभागिता हुँदै आएको छ ।

SwadeshPost