माडीको सिधुवामा एकादशी मेलासंगै थारु साँस्कृतिक कार्यक्रम हुने

153
SwadeshPost

हरिबोधनी एकादशीको अवसरमा माडीको सिधुवा गाउँमा एकादशी मेलाका साथै थारु साँस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ । सिधुवा गाउँबासीको बुधबार राती तथा बिहीबार बिहानको भेलाबाट एकादशी मेलालाई निरन्तरता दिने निर्णय गरिएको सिधुवा गाउँका युवा अगुवा तथा सोमेश्वर युवा क्लबका अध्यक्ष दिनेश्वर महतोले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

आउँदो मंसिरको ३ गते हुने सो मेला तथा साँस्कृतिक कार्यक्रमको व्यवस्थापनका लागि टुमराज महतोको संयोजकत्वमा मुल सिधुवा गाउँबासीको मुल आयोजक समिति गठन भएको छ । कार्यक्रम अन्तरगत थारु लगायत विभिन्न जनजाती तथा आदिवासीहरुको साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुती रहने, चिचर, माछा र घोंगीको मीठो परिकारको स्टल रहने तथा एकादशी मेलाको दृश्यावलोकन गर्न पाइने आयोजकले जनाएको छ ।

SwadeshPost