माडी स्तरिय प्रथम वडालिग फुटबल प्रतियोगिताको उपाधी वडा नं ६ लाइ

420
SwadeshPost

शुभ दिपावली, छठ र हरिबोधनी एकादशी पर्वको अवसरमा युवा, खेलकूद तथा साँस्कृतिक समिति, माडी नगरपालिका वडा नं. ५ को आयोजनामा सञ्चालित माडी स्तरिय प्रथम वडा लिग फुटबल प्रतियोगिता २०७५ को उपाधी वडा नं ६ ले हात पारेको छ । आज (शुक्रबार) भएको फाइनल खेलमा वडा न. ३ लाई २–० ले पराजित गरि वडा नं ६ ले उपाधी हात परेको हो ।

शुक्रबारको उपाधी बिजेता वडा नं ६ ले नगद रु ३५ हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वडा नं ३ ले नगद रु २० हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तैगरि, प्रतियोगितामा नवप्रतिभा खेलाडी वडा नं ५ बि का अंकती लोहनीलाइ पुरस्किृत गरिएको छ भने प्रतिभाशाली खेलाडी वडा नं ५ ए का सुबास दराई, बेस्ट मिडफिल्डर वडा नं ३ का बिबेक पौडले, बेस्ट डिफेन्स वडा नं ६ का प्रविन गुरुङ, बेस्ट फरवार्ड वडा नं ८ का बिकास परियार, बेस्ट किपर वडा नं ६ का अनिष महतो, सर्वाधिक गोलकर्ता वडा नं ६ का रितेश क्षेत्रीलाई पुरस्कृत गरिएको छ । त्यस्तैगरि प्रतियोगिताकै सर्बाेत्कृष्ट खेलाडी वडा नं ६ का भानु गुरुङ लाई पुरस्कृत गरिएको छ ।

यसैबिच, माडी स्तरीय प्रथम वडा लिग फुटबल प्रतियोगिता शुक्रबार समापन गरिएको छ । माडी नगरपालिका नगरप्रमुख ठाकुरप्रसाद ढकालको प्रमुख आतिथ्यता र युवा खेलकुद तथा साँस्कृतिक समिति माडी–५ का अध्यक्ष गोपाल काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा युवा खेलकुद तथा साँस्कृतिक समिति माडीका अध्यक्ष हरि भुषाल विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा माडी नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, इलाका प्रहरी कार्यालय माडी, सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट छरछरे, संघसंस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

SwadeshPost