धोबाहा र रतनीबासीहरुका निम्ति प्रकोप राहत केन्द्र भवन निर्माण

127
SwadeshPost

रीउ नदीको बाढी तथा जंगली जनावरहरुको आक्रमणबाट आहत बनेको धोबाहा र रतनीबासीहरुका निम्ति प्रकोप राहत केन्द्र भवन निर्माण गरिएको छ । तराई भू-परिधी कार्यक्रम (ताल) परियोजनाको मुख्य लगानीमा माडीको नयाँ रतनी गाउँमा तीन तले पक्की बहुउद्देश्यीय प्रकोप राहत भवन निर्माण गरिएको हो । भवनको निर्माणमा तराई भू-परिधी कार्यक्रको ५० लाख रुपैंयासंगै माडी नगरपालिकाबाट जमीन खरिदका लागि ३ लाख र बघौंडा मध्यवर्ती उपभोक्ता समितिबाट करीब ३ लाख ५० हजार रुपैंया लागत व्यहोरिएको भवन निर्माण समितिका अध्यक्ष बलराम महतोले जानकारी दिनुभयो ।

बाढीजन्य बिपद्संगै बन्यजन्तुको आक्रमणबाट बच्ने आश्रयस्थलका रुपमा निर्माण गरिएको सो भवनमा स्थानीयबासीहरुले विवाह, ब्रतबन्ध, सामुदायिक भेला आदि कार्य समेत सञ्चालन गर्न सक्नेछन् भने भवनभित्रै खोप क्लिनिक समेत सञ्चालन गरिनेछ । ५ कोठा र एकवटा सभाहल रहेको सो भवनको निर्माण पुरा भएसंगै हाल आँगन पुर्ने काम भइरहेको र आउँदो मंसिर महिनाभित्र उद्घाटन गरिने भवन निर्माण समितिका अध्यक्ष महतोको भनाई थियो ।

SwadeshPost