निवृत्त शिक्षकद्धय मन बहादुर भुजेल र टिकाराम पौडेललाई शुक्रबार विदाई

370
SwadeshPost

माडी माध्यमिक विद्यालयमा लामो समय शिक्षण सेवा गरी निवृत्त हुनुभएका शिक्षकद्धय मन बहादुर भुजेल र टिकाराम पौडेललाई आज शुक्रबार विदाई गरिएकाे छ । बिद्यालयले बिदाई कार्यक्रम आयोजना गरी अाज शिक्षकद्वयलाई औपचारिक बिदाई गरेको हो । विदाई कार्यक्रममा शिक्षक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीहरुसंगै नगर प्रमुख तथा शिक्षा क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

आज बिदाई गरिनुभएका शिक्षक मन बहादुर भुजेलले माडी माध्यमिक बिद्यालयमा २०४९ भदौ ९ गते नियुक्त भई अनवरत रुपमा शिक्षण गर्दै आउनुभएको थियो । २०७० सालदेखि उहाँ विद्यालयको प्रधानाध्यापकका रुपमा कार्यरत रहनुभएको थियो । उहाँ प्रधानाध्यापकका रुपमा कार्यरत रहँदा विद्यालयले प्राबिधिक धारको शिक्षा अन्तरगत पशु बिज्ञान अध्यापनका लागि सम्बन्धन प्राप्त गरेको थियो । त्यसैगरी माडीको बसन्तपुर बजारस्थित विद्यालयका चौरमा रहेका घुम्तीहरु बिस्थापन गरी पक्की स्टलहरु निर्माणमा समेत उहाँको प्रत्यक्ष संलग्नता रहेको थियो । शिक्षक भुजेलले सम्हाल्दै आउनुभएको प्रधानाध्यापकको कार्यभार उहाँको सेवा निवृत्तिसंगै हाल भुपेन्द्र पौडेलले सम्हालिरहनुभएको छ ।

आज बिदाई गरिनुभएका अर्का शिक्षक टिकाराम पौडेलले माडी माध्यमिक विद्यालयमा २०५१ साल बैशाख १४ देखि २०७५ ज्येष्ठ १२ गतेसम्म निरन्तर शिक्षण गर्नुभएको हो । विद्यालयको खेल शिक्षक तथा जुनियर रेडक्रस सर्कलका फोकल शिक्षकका रुपमा समेत क्रियाशील उहाँ विद्यार्थीहरुको प्रीय शिक्षकका रुपमा रहनुभएको थियो ।

SwadeshPost