माडी बहुउद्देश्यीय सहकारी संस्था लि. काे १७ औं बार्षिक साधारण सभा सम्पन्न

343
SwadeshPost

माडी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष बिष्णु प्रसाद आचार्य सभाध्यक्ष रहनुभएको थियो । त्यस्तैगरी विशिष्ट अतिथिहरुमा फस्ट माईक्रोफाईनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडका क्षेत्रीय प्रमुख सुर्य प्रसाद पौडेल, जिल्ला बहुउद्देश्यीय सहकारी संघ, भरतपुर, चितवनका अध्यक्ष दिनेश कुमार चुके लगायत रहनुभएको थियो ।

शनिबारको साधारण सभामा, आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षण प्रतिवेदन, जारी आर्थिक वर्ष २०७५/७६ को प्रस्तावित बजेट तथा कार्यक्रम, लेखा परीक्षकको नियुक्ति र पारिश्रामिक, कर्मचारीको तलब तथा हीतकोष, समितिको सेवा सुविधा शंसोधन र संस्थाको त्रिबर्षीय रणनीतिक योजना निर्माण लगायतका विषयहरुमा छलफल गरिएको कार्यक्रम सञ्चालक तथा संस्थाका सचिब सोमनाथ ओझाले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । कार्यक्रममा, असल ऋणीहरु, असल बचतकर्ता र उत्कृष्ट महिला समूुह बचतलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने उत्कृष्ट बाल बचत, उत्कृष्ट खुत्रुके बचत, जेष्ठ शेयर सदस्य, एकल महिला, एस.इ.इ उत्कृष्ट माडी, तथा संस्थाका शेयर सदस्य लगायतलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

SwadeshPost