माडी अम्रौलीका रामा महतोद्धारा पहिलाे बृद्धभत्ताकाे रकमबाट अक्षयकोष स्थापना

134
SwadeshPost

माडी नगरपालिका-४, अम्रौली निवासी श्री रामा महतोले आफ्नो पहिलो बृद्धभत्तालाई सामाजिक सेवामा लगाउने उद्देश्यले अक्षयकोष स्थापना गर्नुभएको छ । महतोले पहिलो बृद्धभत्तास्वरुप पाउनुभएको ११ हजार १११ रुपैंया खैरहनी माध्यमिक विद्यालय, खैरहनीमा अक्षयकोषका रुपमा जम्मा गर्नुभएको हो ।

विद्यालयका विद्यार्थी, शिक्षक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्षको रहोबरमा विद्यालयलाई रकम हस्तान्तरण गरी महतोले अक्षयकोष थालनी गर्नुभयो । उहाँका छोरा रामचन्द्र महतो अक्षयकोष स्थापना गरिएको खैरहनी माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्छ भने उहाँका नाती नातीनिहरु सो विद्यालयमा अध्ययन गरिरहेको छन् ।

SwadeshPost