हरिबोधनी एकादशीको अवसरमा माडीमा तोरण तार्ने लगायतका कार्यक्रमहरु अायाेजना

166
SwadeshPost

हरिबोधनी एकादशी मेलाको पावन अवसरमा साेमबार (मंसिर ३ गते) माडीका विभिन्न धार्मिक संघसंस्था तथा टोल समुदायले तोरण तार्ने लगायतका कार्यक्रमहरु आयोजना गरेका छन् ।

एकादशी पर्वको अवसरमा माडीको भैरवपुरस्थित शिवालय मन्दिर व्यवस्थापन समितिले शिवालय मन्दिरका लागि जमीन खरिद सहयोगार्थ घुम्ती साँस्कृतिक कार्यक्रम आयोजना गरेको वडा नं. २ का वडाध्यक्ष ईश्वरी प्रसाद ढकालले जानकारी दिनुभयो । त्यसैगरी रामजानकी तथा शिवालय मन्दिर समिति, माडी नगरपालिका-५, नयाँपिपरियाको आयोजनामा साेमबार हरिबोधनी एकादशीको अवसरमा पुष्प समर्पण तथा तोरण तार्ने कार्यक्रम आयोजना गरिएको छ । माडीको बसन्तपुरस्थित गुप्तेश्वर शिवालय मन्दिर व्यवस्थापन समिति तथा गुप्तेश्वर भजन मण्डलीले समेत साेमबार भजन कीर्तन सहित तोरण तार्ने कार्यक्रम आयोजना गरेको छ ।

त्यसैगरी, सामुदायिक भवन निर्माण समिति, दक्षिण ब्रह्मपुरीको आयोजनामा पनि भजनकीर्तन सहित तोरण तार्ने कार्यक्रम रहेको समितिका सचिब सुलभबन्धु पोख्रेलले जानकारी दिनुभयो । त्यस्तै, माडीका खैरहनी, राधापुर तथा अन्य गाउँहरुबाट सामुहिक रुपमा भजन कीर्तन सहित तोरण तारण कार्यक्रम आयोजना गरिएको विभिन्न गाउँहरुबाट हाम्रा प्रतिनिधीहरुले जनाएका छन्

SwadeshPost