निकुञ्ज अन्तर्गत ठोरी-माडी सडकखण्डको मध्य भागमा मचान निर्माण कार्य थालियाे

443
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत ठोरी-माडी सडकखण्डको मध्य भागमा पर्ने दबुवा र टिउकी खोलावीच सडक किनारमा २३ फिट अग्लो मचान निर्माण कार्य थालिएको छ । तराई भूपरिधी कार्यक्रम (ताल) को आर्थिक सहयोगमा दुई तले पक्की मचान निर्माण कार्य थालेको हो । गौतम विल्डर्स कन्सट्रक्सन भरतपुरले मचान निर्माण गरिरहेको ठेकेदार कम्पनीका मोहन अधिकारीले जानकारी दिनुभयो ।

रु. १३ लाख आर्थिक लगानीमा निर्माण भइरहेको मचानको माथिल्लो तला ढलान र प्लास्टर गर्न बाँकी रहेको छ । निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनाले पेट्रोलिङ गस्तीको क्रममा सो मचान प्रयोग गर्नेछन् भने पर्यटक तथा यात्रुहरुले कुनै समस्या आइपर्दा उक्त मचान प्रयोग गर्न सक्ने छन् । बगही अमुवा पाेष्टबिच जंगलकाे दुरी १९ किलाेमिटर रहेकाे छ भने साे बाटाेमा हात्तीलगायतका जंगली जनावरहरूकाे उच्च जाेखिम रहेकाे हाम्रा ठाेरी सहकर्मी प्रेम लामाले जनाउनुभयाे ।

SwadeshPost