जंगली पाटेबाघले माडीको पाण्डबनगर, बनकट्टा क्षेत्रमा जनजीवन आतंकित

115
SwadeshPost

माडीको पाण्डबनगर बनकट्टा क्षेत्रमा आइतबार दिउसो जंगली पाटेबाघले जनजीवन आतंकित पारेको छ । झाडी क्षेत्रमा बच्चा सहितको बाघ रहेको आशंकामा पाण्डबनगर, द्रौपतिनगर, बनकट्टा बोटेटोल लगायतका गाउँबासीहरु बाघको डरमा आतंकित भएको त्यहाँका वडा सदस्य अमित लामाले जानकारी दिनुभयो ।

बनकट्टाबाट पाण्डबनगर पुग्ने बाटोको बिचमा रहेको काँसघारी क्षेत्रमा बाघ रहेको आशंका गरिएको थियो । बिहान विद्यालय पढ्न जान लागेकी एक बालिकाले बाघ देखेर भाग्दै गर्दा भरत बोट नामका स्थानीय व्यक्तिले सोधपुछ गरेकोमा झाडीमा बाघ रहेको जनाएपछि उनले हेर्दा पनि बाघ देखेपछि गाउँभर हल्ला भएको थियो । त्यसलगत्तै स्थानीय बिद्यार्थीहरुलाई सुरक्षित रुपमा फर्काइएको थियोे ।

झाडीमा बाघ रहेको जानकारी पाएको केहि अवधीमा निकुञ्जबाट हात्तीसहितको टोली परिचालन भएको थियो । तर टोलीले सो बाघ फेला पार्न भने सकेन । बाघ नभेटिएसंगै वरपर लुकेको हुनसक्ने आशंकामा स्थानीयबासी त्रसित अवस्थामा रहेका छन् । सो क्षेत्रमा हालसालै तिहारको समयमा बाघले २ वटा बाख्रा मारेको थियो ।

SwadeshPost