माडीको कान्तिपुर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो स्वेटर वितरण

281
SwadeshPost

आदिवासी, जनजाति र दलित समुदायका बिपन्न विद्यार्थीहरु अध्ययन गरिरहेका माडीको कान्तिपुर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई मंगलबार न्यानो स्वेटर वितरण गरिएको छ । ईजरायलमा कार्यरत सहयोगीमार्फ नेपाली साहित्य संसार, चितवनले कान्तिपुर आधारभूत विद्यालयका करीब ४७ जना विद्यार्थीहरुलाई स्वेटर उपलब्ध गराएकोमा मंगलबार एक कार्यक्रमबिच बिद्यार्थीहरुलाई हस्तान्तरण गरिएको हो ।

विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष साबित्री रेग्मीको अध्यक्षता र माडी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारीको प्रमुख आतिथ्यता तथा स्वदेश एफ.एम.का अध्यक्ष देव ‘अञ्जान’ शाहको विशिष्ट आतिथ्यतामा विद्यालय प्राङ्गणमा सम्पन्न स्वेटर हस्तान्तरण कार्यक्रममा विद्यार्थीहरुलाई स्वेटर पहि-याइएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुसंगै विद्यार्थीहरुका अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । स्वेटर पाएसंगै विद्यार्थीहरु खुसी भएका थिए भने उनीहरुको अभिभावकहरुले सहयोगी संस्थाहरुलाई आभार व्यक्त गरेका थिए । सिर्जन अबिरल अध्यक्ष रहनुभएको नेपाल साहित्य संसार नामको सो संस्थाले माडीको कान्तिपुर आधारभूत विद्यालयसंगै गणेशकुञ्जमा रहेको गणेश आधारभूत विद्यालयमा समेत स्वेटर उपलब्ध गराएको हाे ।

SwadeshPost