कल्याणपुर डाँडागाउँ खानेपानी परियोजनामा विदेशी स्वयम् सेवकहरुले समेत श्रमदान

249
SwadeshPost

कल्याणपुर डाँडागाउँ खानेपानी परियोजनामा स्थानीयबासीहरुसंगै विदेशी स्वयम् सेवकहरुले समेत श्रमदान गरिरहेका छन् । गत भाद्र ७ गतेबाट सुरुवात भएको सो परियोजनाको पानी संकलन हुने ट्याङ्कीको भौतिक निर्माणको काम जारी रहँदा मंगलबारदेखि विदेशी स्वयम् सेवकहरुले समेत निर्माण कार्यमा स्वयम्सेवी ढंगले सहयोग गर्न सुरु गरेका हुन् ।

कल्याणपुर डाँडागाउँमा खानेपानी तथा सरसफाई योजनाको लागि करीब ५६ लाख ७० हजार लागत रहेको छ । सो खानेपानी योजनाबाट कल्याणपुरका ९८ घरधुरी लाभान्वित हुने जनाइएको छ ।

SwadeshPost