राष्ट्रिय आधारभूत विद्यालय रतनी धोबाहामा नयाँ शैक्षिक अक्षयकोष स्थापना

414
SwadeshPost

माडीको रतनीमा रहेको राष्ट्रिय आधारभूत विद्यालय रतनी धोबाहामा नयाँ शैक्षिक अक्षयकोष स्थापना भएको छ । भतरपुर महानगरपालिका वडा नं. १० निवासी रामकृष्ण सापकोटा र मोति सापकोटाबाट रु. ५० हजार तथा सोही वडा निवासी टेकनाथ आचार्य र ज्योति आचार्यबाट पनि समान ५० हजार रुपैंयाको अक्षयकोष स्थापना गर्नुभएको हो ।

विद्यालयको गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न भनी दाताहरुले अक्षयकोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक वीरेन्द्र महतोले जनाउनुभयो । अक्षयकोष स्थापना कार्यक्रममा माडी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष पुरन महतोसंगै विद्यालयका शिक्षक र अक्षयकोष दाताहरुको उपस्थिति रहेको थियो ।

SwadeshPost